प्रधानमन्‍त्री ओली अध्यक्ष रहेको नेकपाले नै सूर्य चिन्ह पाउँछ : नेता नेम्वाङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेचीनगर। नेकपाका नेता एव‌ं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले प्रधानमन्‍त्री ओली अध्यक्ष रहेको नेकपा नै आधिकारिक पार्टी भएकाले सोही पार्टीले सूर्य चिन्ह पाउने दावी गरे। पार्टीको अध्यक्ष र महासचिव भएको पार्टी नै आधिकारिक हुने सर्वमान्य सिद्धन्त रहेको उनले बताए। 

मेचीनगरमा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को क्षेत्रीय भेलामा बोल्दै नेता नेम्वाङले सर्वोच्च अदालतले सुरूमै स्थगन आदेश नदिएको हुँदा आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचन निर्धारित मितिमै सम्पन्‍न हुने बताए । 

“विघटित प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गरेर प्रतिगमनलाई साथ दिने प्रयास भइरहेको छ। ताजा जनादेशको लागि जनतामा जाने प्रधानमन्‍त्री ओलीको  कदमलाई तानाशाही कदम भनेर भ्रम छर्न खोजिएको छ। यी सवै आरोपहरू नक्कली हुन,” नेम्वाङले भने। 

रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।