कांग्रेसको १४ औँ महाधिवेशन भदौ ७ देखि १० सम्म काठमाडौंमा हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा गर्न प्रस्ताव गरिएको छ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडैलबीच १४ औँ महाधिवेशन भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने सहमति भएको हो। 

महाधिवेशनको मितिमा सहमति भएपछि उक्त प्रस्ताव पारित गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक सुरु भएको कांग्रेस केन्द्रीय सदस्य गुरु घिमिरेले बताएका छन्। दुवै नेताहरु आन्तरिक छलफलमा व्यस्त भएपछि दिउँसो २ बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक निर्धारित समयभन्दा तीन घण्टा ढिलो सुरु भएको हो। 

निर्धारित समयमा महाधिवेशन हुन नसकेपछि कांग्रेसले एक वर्ष म्याद थप गरेको थियो। जसको म्याद यही फागुन १९ गते सकिँदैछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।