ताजा जनादेश लिने कदम नै अग्रगमन : मन्‍त्री ढकाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा। स्वास्थ्य तथा जनसंख्यामन्‍त्री भानुभक्त ढकालले मिति तोकेर ताजा जनादेश लिन निर्वाचनमा जाने प्रधानमन्‍त्री केपी ओलीको कदम अग्रगमन भएको बताए। 

मेचीनगरमा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को क्षेत्रीय भेलामा चुनावको विरोध गर्ने र विघटित प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्ने प्रतिगमनकारी भएको आरोप लगाए। “नेपाली भाषामा अग्रगमन भनेको अगाडि बढ्ने कुरा हो”, मन्‍त्री ढकालले भने- “जो निर्वाचन नगर भन्दै निर्वाचन आयोगमा जानुभएको छ, उहाँहरु नै प्रतिगमनकारी हो।” 

विघटन नभएको अवस्थामा मात्र संसद्को अवधि पाँच वर्ष हुने भनेर संविधानमा लेखिएको छ। तर सधैंका लागि संसद् विघटन गरे भनेर केहीले गलत अर्थ लगाइरहेको मन्‍त्री ढकालले बताए। 

रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।