ग्लोबल आइएमई बैंकको बजार पुँजीकरण खर्ब नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ। ग्लोबल आइएमई बैंकको बजार पुँजीकरण पनि एक खर्ब रुपैयाँ माथि पुगेको छ।

सोमबार नेप्सेले ऐतिहासिक उचाइ बनाउँदै २५८६ अंक पुगेपछि आइएमई ग्रुपको मुख्य लगानी रहेको ग्लोबल आइएमई बैंकको बजार पुँजीकरण पनि एक खर्ब रुपैयाँभन्दा माथि पुगेको हो।

२१ करोड ६३ लाख २५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको ग्लोबल आइएमई बैंकको बजार पुँजीकरण पनि एक खर्ब दुई अर्ब रुपैयाँ पुगेको छ। बैंकको सेयर प्रतिकित्ता ४७६ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।