आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल फाल्गुन ०५ गते । बुधबार । ईश्वी सन् २०२१ फेब्रुवरी १७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । तिथि–षष्ठी,अहोरात्र । नक्षत्र– अश्विनी,४१ घडी ०४ पला,बेलुकी ११ बजेर ०७ मिनेट उप्रान्त भरुणी । योग–शुक्ल,४८ घडी ४७ पला,रातको ०२ बजेर १२ मिनेट उप्रान्त ब्रम्ह । करण–कौलव,बेलुकी ०६ बजेर ०१ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–मृत्यू योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४१ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५५ मिनेट । दिनमान २८ घडी ०४ पला । स्कन्द षष्ठी ।
आजको राशिफल
मेष
बढी सोचाइले तनाव दिनेछ । शंकाले चिन्ता थपिनेछ । यात्राको काममा अलमल हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
साथीसंँग छोटो यात्रा हुने्छ । प्रेममा खुसि बढ्नेछ । वैदेशिक काममा जस मिल्नेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
आम्दानीको साथ हुनेछ । आँटेको काम सफल हुनेछ । साथीभाइको सहयोग मिल्नेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
सरकारी साथ मिल्नेछ । रोजगारीमा अवसर आउनेछ । राजनीतिक काममा प्रशंसा मिल्नेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
अनावस्यक वादविवादमा परिनेछ । आफन्तबाट सहयोग हुनेछ । सामाजिक काममा समय जानेछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
साथीभाइबाट पूरानो काम बन्नेछ । यात्रामा झन्झट मिल्नेछ । सामाजिक अपमानको भय हुनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
प्रेमी प्रेमीका बीच माया बढ्नेछ । वैदेशिक काममा सफलता मिल्नेछ । सानो यात्रामा अनावस्यक खर्च हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । व्यक्तिगत काममा खर्च बढ्नेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
सन्तानको सहयोग बढ्नेछ । मित्रतामा सुधार आउनेछ । धनको कारोवारमा सन्तोष मिल्नेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
घरायसी विवाद आउनेछ । व्यक्तिगत काममा बाधा हुनेछ । चिसोको स्वास्थ्य बाधा दुख दिनेछ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
रोजगारीमा जिम्मेवारी थपिनेछ । छोटो यात्रा हुनेछ । उत्साहले काम बन्नेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
कृषिबाट धन वृद्धि हुनेछ । कुटुम्ब सहयोग बढ्नेछ । प्रियजनसँग भोजनको सुख मिल्नेछ ।
तपार्ईँको दिन शुभ रहोस् ।
Comment