महालक्ष्मी लाईफको अध्यक्षमा मनोरञ्जन रमण शर्मा नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सको अध्यक्षमा मनोरञ्जन रमण शर्मा नियुक्त भएका छन् । सोमबार बसेको कम्पनीका नव निर्वाचित संचालकहरुको बैठकले संचालकउनलाई सर्वसम्मतिले अध्यक्ष पदमा मनोनयन गरेको हो ।

फागुन ३ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले उनीलगायत शुरेश सापकोटा, उमेशलाल श्रेष्ठ, सम्झना अर्याल र विश्वचन्द घिमिरेलाई संचालक पदमा निर्वाचित गरेको छ । साधारण सभा सम्पन्न भै सकेपछि भएको पहिलो बैठकले आगामी ४ वर्षको लागि अध्यक्षमा उनलाई मनोनयन गरेको हो ।

अध्यक्ष मनोनयन पछि बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिम नव नियुक्त अध्यक्ष मनोरञ्जन रमण शर्मालाई बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले आजै बीमा समितिमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।