काठमाडौं । नेपाल प्रहरीका एक सय २१ जना प्रहरी जवानहरु प्रहरी हवल्दारमा बढुवा सिफारिस भएका छन्।
प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीमा प्राविधिक समूह अन्तर्गत विभिन्न उप–समूहतर्फ रिक्त रहेका १२१ जना प्रहरी जवानलाई हवल्दारमा बढुवा गरेको हो ।
सोमबार बेलुका बढुवा सुची प्रकाशित गर्दै प्रहरी प्रधान कार्यालयले एक सय २१ जवानलाई प्रहरी हवल्दारमा बढुवाको लागि सिफारिस गरेको हो।
सोमबार बिहानैदेखि बसेको बढुवा समितिको बैठकले उक्त बढुवाको सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
शैलेस थापा क्षेत्री प्रहरी महानिरीक्षक नियुक्त भएलगत्तै करिब एक वर्षदेखि रोकिएको प्रहरी हवल्दारमा बढुवाको लागि प्रक्रिया सुरु भएको थियो।
हेर्नुहोस सूचि
Comment