अपराध महाशाखा प्रमुखको जिम्मेवारी एसएसपी खापुङलाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । महानगरीय अपराध महाशाखा बानेश्वरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाको सरुवा भएको छ ।

१० महिनासम्म महाशाखाको प्रमुख भएर काम गरेका एसएसपी दिपक थापाको ठाउँमा एसएसपी चन्द्र कुँवेर खापुङलाई गृह मन्त्रालयले काज सरुवा गरेको हो । 

थापाको कार्यकालमा महाशाखाले ठूला घटनाहरुमा सफलता हात पारेको छ । त्यस्तै पुराना घटनाहरुको  पनि सफल अनुसन्धान भएका थिए ।

केही दिनअघि गृह मन्त्रालयकै निर्देशनमा अपराध महाशाखाले नेकपा दाहाल–नेपाल पक्षीय नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको थियो। उनको पक्राउको चर्को विरोध र प्रदर्शन भएपछि बेलुकी  लिखित बयान लिएर प्रहरीले छोडेको थियो।

 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।