तीन वर्षको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तीन वर्षका उपलब्धि सार्वजनिक गर्दैछन् । प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारबाट प्रधानमन्त्री ओली उपलब्धि सार्वजनिक गर्ने भएका हुन् ।

ओलीले दोस्रोपटक २०७४ फागुन ३ गते प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए । सरकारका तीन वर्ष पुगेकै उपलक्ष्यमा भूकम्पपश्चात् पुनर्निर्माण गरिएको सिंहदरबारको मुख्य भवनको उद्घाटन गर्ने कार्यक्रम छ । २०७२ सालको विनाशकारी भूकम्पले सिंहदरबारको पूर्व,उत्तर र दक्षिणतर्फ भवन क्षतिग्रस्त तुल्याएको थियो ।

प्रबलीकरण प्रविधिबाट पुनर्निर्माण गरिएपछि अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय त्यहीँबाट सञ्चालन हुने सल्लाहकार थापाले बताए । सिहदरबारलाई रेट्रोफिट गरी पुरानै अवस्थामा फर्काइएको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।