सामाजिक सञ्जाल सञ्चालन निर्देशिका अधिनायकवादतर्फको अर्को फड्को : कांग्रेस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसले सामाजिक सन्जाल व्यवस्थापनका नाममा सरकारले अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्न खोजिएको भन्दै आपत्ति जनाएको छ । संसदमा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई नयाँ स्वरुपमा ब्यूँताउन खाजेकोप्रति कांग्रेसले आपत्ति प्रकट जनाएको हो । 

प्रवक्ता विश्वप्रकाश शर्माले अपिल जारी गर्दै युवा पुस्तालाई सजग बन्न आग्रह गरेका छन् । ‘अन्ततः सरकारले व्यापक विरोधका बाबजुद ‘सामाजिक संजाल ब्यवस्थापन निर्देशिका’ का नाममा संसदमा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई नयाँ स्वरुपमा ब्युंताउन लागेकोमा नेपाली कांग्रेस गम्भीर आपत्ति प्रकट गर्दछ,’ उनले भनेका छन् । 

सामाजिक संजाललाई नियमन गर्ने, मर्यादित र स्वस्थ बनाउने प्रश्नमा कसैको पनि विमती नहुने तर त्यसका लागि विद्यमान कानुनभित्रै आवश्यक प्रावधान रहेको कांग्रेसको भनाई छ । ‘थप ब्यवस्था आवश्यक छ भने पनि वृहत्तर विमर्श बेगर, संसद विघटन भएको समयमा निर्देशिका मार्फत जारी गर्न तर्फ लाग्नुले सरकारको नियतमाथि गम्भीर प्रश्न उब्जिएको छ, विज्ञप्तिमा भनिएको छ, ‘कामचलाउ सरकारले नागरिक अधिकारलाई प्रभावित गर्ने गरि कुनै पनि कार्यकारी आदेशबाट निर्देशिकाहरु जारी गर्न हुँदैन, मिल्दैन र पाइँदैन ।’ 

‘सामाजिक संजालमा व्यक्त मतलाई सरकारी आवेगले कार्वाहीको दायरामा बाँध्ने तयारी अधिनायकवाद तर्फको एक अर्को फड्कोको तयारी भएको कांग्रेसको ठहर छ । 

हेर्नुहोस् विज्ञप्ति :- 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।