आज मिती २०७७ साल फाल्गुन ०३ गते सोमबार , तपाइँको आजको राशिफल कस्तो छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

वि.सं.२०७७ साल फाल्गुन ०३ गते । सोमबार । ईश्वी सन् २०२१ फेब्रुवरी १५ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । तिथि–चतुर्थी,५१ घडी ०७ पला,रातको ०३ बजेर १० मिनेट उप्रान्त पञ्चमी । नक्षत्र–उत्तरभाद्रपदा,२९ घडी १५ पला,बेलुकी ०६ बजेर २५ मिनेट उप्रान्त रेवती । योग–साध्य,४६ घडी ५२ पला,रातको ०१ बजेर २८ मिनेट उप्रान्त शुभ । करण– वणिज,दिउसो ०२ बजेर २३ मिनेट उप्रान्त भद्रा,रातको ०३ बजेर १० मिनेट उप्रान्त बव । आनन्दादिमा–चद योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५३ मिनेट । दिनमान २७ घडी ५६ पला । तिलकुन्द चतुर्थी । 

आजको राशिफल 
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । व्यापार व्यसायबाट लाभ मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) 

धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । मिष्ठान्न भोजन प्राप्ति होला । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) 

सानो प्रयासले नै काम बन्नेछ। सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

नयाँ काम वा रोजगार पाईनेछ । दाम, इनाम र प्रतिष्ठाकमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 

आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला । दाम्पत्य जीवन सुखमय रहनेछ । मान प्रतिष्ठामा बृद्धि होला । 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) 

कार्यमा सफलता पाईनेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 

आज आफन्तसंग भेटघाट राहनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । शुभ कार्यको योजना बन्नेछ । नयाँ र शुभ समाचार पनि सुन्न पाइएला । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) 

श्रमको उचित मुल्याङ्कन हुनेछ । पठनपाठनमा प्रगती हुनेछ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) 

शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । घरमा अतिथीको सेवा होला । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) 

आज शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । लेनदेनमा सजकता अपनाउनु पर्नेछ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनसक्छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) 

नयाँ कार्यको थालनी होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । भूमिबाट लाभ पनि रहला । 

तपार्ईँको दिन शुभ रहोस् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।