सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार र रजिष्ट्रारले सम्हाले कार्यभार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा लालबहादुर कुँवर नियुक्त भएका छन्। गत माघ ११ गते बसेको न्यायपरिषद्को बैठकले तत्कालीन मुख्य रजिस्ट्रार नृपध्वज निरौलालाई मुख्य न्यायाधीशमा नियुक्त गरेपछि रिक्त रहेको मुख्य रजिस्ट्रार पदमा कुँवरलाई नियुक्त गरिएको हो। उनी यसअघि सर्वोच्च अदालतका रजिस्ट्रार थिए।

माघ २५ गते बसेको न्याय सेवा आयोगको बैठकले कुँवरलाई मुख्य रजिस्ट्रारमा नियुक्तिका लागि सिफारिस गरेको थियो। गत माघ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले कुँवरलाई मुख्य रजिस्ट्रारमा नियुक्ति गर्ने निर्णय गरेको हो।

गुल्मी जिल्लाको धुर्कोटमा २०२९ पौष ४ गते जन्मेका भएका कुँवर २०५५ सालमा शाखा अधिकृतको रूपमा निजामति सेवामा प्रवेश गरेका हुन्। 

सर्वोच्चमा रिक्त भएको रजिस्ट्रार पदमा निर्मला पौडेललाई नियुक्त गरिएको छ। गत माघ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले नै पौडेललाई सर्वोच्च अदालतको रजिस्ट्रारमा नियुक्त गरेको हो।

पौडेल सर्वोच्च अदालतको रजिस्ट्रारमा पुग्ने पहिलो महिला हुन्। यसअघि पौडेल प्रशासकीय अदालतको रजिस्ट्रार (सह-रजिस्ट्रार) थिइन्। पौडेल २०५२ साल मंसिर महिनाबाट शाखा अधिकृतको रुपमा निजामति सेवामा प्रवेश गरेकी हुन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।