महिला लघुवित्तको आइपीओमा माग भन्दा ३७ गुणा बढी आवेदन, कतिले भरे ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रबारदेखि निष्काशन गरेको आइपीओ ९ लाख १२ हजार ४१५ जनाले आवेदन दिएका छन् ।

बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार आइतबार साँझ ५ बजेसम्ममा १ करोड ४० लाख ५१ हजार ३५० कित्ताका लागि परेको आवेदनबाट १ अर्ब ४९ करोड ३५ लाख ९७ हजार रुपैयाँ संकलन भएको निष्काशन कम्पनीले जनाएको छ ।

कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल ३ लाख ७५ हजार कित्तालाई आधार मान्दा ३७.४७ गुणा बढी आवेदन हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता साधारण सेयर आइपीओ निष्कासन तथा बिक्री गरेको हो ।

जसमा ५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ३ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको कम्पनीले जनाएको छ ।

लगानीकर्ताहरुले उक्त आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउने छन् । कम्पनीको आइपीओमा छिटोमा फागुन ४ गतेदेखि ढीलोमा फागुन १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको साधारण सेयर तथा आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड रहेको छ । इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यअर रेटिङ्ग डबल बी’ प्रदान गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।