३३.३३ अंकले घटयो नेप्से , म्यूचुअल फण्ड बाहेक सबै समूहको परिसूचक राताम्मे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आइतबार सेयर बजार मापक सूचक नेप्से ३३.३३ अंकले नेप्से घटेर २४९३.५९ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार २०२ कम्पनीको ८६ अर्ब ९२ करोड ७६ लाख ६८ हजार ९३१ रुपैयाँ बरोबरको कारोबार भएको छ । १ करोड ४८ हजार ५१ हजार५९२ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबार भएका १२ समूह मध्ये म्यूचुअल फण्ड बाहेक अन्य सबै समूह राताम्मे भएका छन् । बजार घटेपनि नेपाल इन्फाइन्ट्रक्चर बैंकको सेयरमा भने पोजेटिभ सर्किट लागेको छ । आज लगानीकर्ताको रोजाइमा नेको इन्स्योरेन्स परेको छ ।

यसको सबैभन्दा धेरै ५२ करोड ३३ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल बैंक ३६ करोड र नेपाल टेलिकम २३ करोडसहित शीर्ष तीनमा रहे ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।