रामकुमारी झाक्रीलाई राज्यविरुद्ध कसूरको दफा ५८ अनुसार ७ बर्ष जेल हुनसक्ने , के छ दफा ५८ मा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपाकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । झाँक्रीलाई प्रहरीले राज्य विरुद्धको कसु्र सम्बन्धि ऐनको दफा ५८ अनुसार पक्राउ गरेको हो । 

यो अभियोग पुष्टि भएमा उनलाई ७ बर्ष जेल वा ७० हजार जरिवाना वा दुबै सजाय हुन सक्छ ।  

मुलुकी अपराध संहिताको दफा ५८ मा राष्ट्रपपति वा संसदलाई धम्की दिन नहुने कुरा उल्लेख छ । 

जसमा भनिएको छ, ‘कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा वञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्य सम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाब दिन हुँदैन ।’ 

यस्तै यसको उपदफा १ मा सो बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई ७ वर्षसम्म कैद वा ७० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ ।  

राष्ट्रपतिको मानमर्दन गरेको अभियोगमा झाँक्रीलाई महानगरीय प्रहरी परिसरको टोलीले विहीबार शंखमुलमा रहेको डेराबाट उनलाई पक्राउ गरेको हो । 

हेर्नुस् कानूनी प्रावधानः

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।