राष्ट्रपतिकाे मानमर्दन गरेकाे आरोपमा रामकुमारी झाँक्री निवासबाटै पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ ।  

विघटित प्रतिनिधि सभाकी सांसद झाँक्रीलाई बिहीबार शंखमुलस्थित उनको निवासबाटै महानगरीय अपराध महाशाखाकाे प्रहरी टाेलीले पक्राउ गरेको हो। 

झाँक्रीलाई पक्राउ गर्न महाशाखाका डिएसपी दुर्गाराज रेग्मीकाे अगुवाइमा दर्जनभन्दा बढी प्रहरी अधिकारी उनकाे निवासमा पुगेका थिए । 

झाँक्रीलाई राज्यविरुद्धको कसुर मुद्दामा दफा ५८ अनुसार पक्राउ पुर्जी थमाइएको प्रहरीले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।