सुनको मूल्यमा ४ सय रुपैयाँको गिरावट,कतिमा हुदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले ओरालो लागेको छ । 

बुधबार प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज घट्दै ९१ हजार ५ सय रुपैयाँ प्रतितोला पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्यमा ४ सय रुपैयाँको गिरावट आएको हो । 

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले ओरालो लागेको छ । महासंघका अनुसार बुधबार प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा किनवेच भईरहेको चाँदी आज घट्दै प्रतितोला १ हजार ३ सय १५ रुपैयाँ पुगेको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।