विदेश जाने घटे, भित्रियो चार खर्ब ९५ अर्ब रेमिट्यान्स

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा रेमिट्यान्स बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार यो अवधिमा रेमिट्यान्स ११.१ प्रतिशतले बढेर ४ खर्ब ९५ अर्ब रूपैयाँ पुगेको छ।  

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ०.६ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा रेमिट्यान्स ६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब १९ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ०.९ प्रतिशतले बढेको थियो। 

पुससम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७७.६ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १७.७ प्रतिशतले बढेको थियो। वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पुससम्ममा ६८.९ प्रतिशतले घटेको छ। 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.५ प्रतिशतले बढेको थियो। पुससम्ममा चालु खाता ४९ अर्ब ५३ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ७९ अर्ब ६५ करोड रूपैयाँले घाटामा थियो। 

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६९ करोड ९४ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४२ करोड २७ लाखले घाटामा रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।