ओली पक्षको शक्ति प्रदर्शन सडकमै मञ्चः सवारी व्यवस्थापन भद्रगोल, यी स्थानमा सडक अवरुद्ध हुने (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षले काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ ।

१२ बजेबाट सुरु हुने जनसभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

नारायणहिटी संग्राहलय अगाडि हुने शक्ति प्रदर्शनमा २ लाख मानिस प्रदर्शनमा उतार्ने यस अघि नै घोषणा गरि सकेको छ ।

अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धि मार्फत राजनीतिक स्थायित्वको लागि ताजा जनादेश’ भन्ने मुल नाराका साथ जनसभा गर्न लागेको जनाएको छ ।

सभाको तयारीका लागि काठमाडौंका १६ स्थानबाट र्‍याली निकाल्ने तयारी गरिएको उक्त समुहको र्‍याली तथा जनसभा व्यवस्थापन समितिले जनाएको छ ।

बागबजार, प्रदर्शनी मार्ग, महेन्द्र शालिक पूर्व, घण्टाघर, नेपाल एयरलाईन्स अगाडि, त्रिपुरेश्वर, गौशला, माईतिघर, पुतलीसडक, लैनचौर, सोह्रखुट्टे नयाँ रोडलगायतका स्थानबाट र्‍याली निकाल्ने तय भएको छ ।

चारैतिरको र्‍याली नारायणहिटी संग्राहलय अगाडि टुंगीनेछ । ओली पक्षले संग्राहलय अगाडि सभा गर्ने घोषणा यसअघि नै गरेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।