सत्ताको खेल जनताको मन जितेर खेलिनु पर्दछ : पूर्व राजा ज्ञानेन्द्र शाह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। पूर्व राजा ज्ञानेन्द्र शाहले (नेकपा –प्रचण्ड–माधव नेपाल) समूहले गरेको आमहड्तालप्रति आक्रोशित देखिएका छन्। 

बिहिवार बिहान सामाजिक संजाल ट्वीटरमा ट्विट गर्दै पूर्व राजाले नेकपाको एक समूहले गरेको हड्तालप्रति आक्रामक देखिएका हुन्। 

‘जनताको दैनिकीमा ध्यान नदिइ आफ्नो राग अलाप्दै आत्मरतिमा रमाउने शासकहरु रहेसम्म आम नागरिकलाई आफ्नो जीविका चलाउन पनि धौ धौ पर्न जान्छ,’ पूर्व राजाले लेखेका छन्, ‘सत्ताको खेल जनताको मन जितेर खेलिनु पर्दछ, न कि बन्द, हड्ताल वा जनविरोधी कृयाकलापले। जनमतको अनादर गरी कुर्सीका लागि निर्लज्ज हुनु कदापी सैह्य हुन्न।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।