कलंकीबाट अष्टलक्ष्मी शाक्यसहित नेकपाका नेता पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आमहाडताल सफल बनाउन सडकमा उत्रिएका प्रचण्ड-माधव नेपाल समूहका नेता तथा कार्यकर्तालाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ। 

यसैबीच कलंकीबाट नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य  पक्राउ परेकी छन्। उनीसँगै हितमान शाक्य, अमृता थापालगायत नेताहरु पनि पक्राउ परेका छन्। 

गृहमन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै बन्द गर्दै हिँड्नेहरुलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको थियो। संवैधानिक आयोगहरुमा नियुक्तिको विरोध गर्दै नेकपा प्रचण्ड-माधव समूहले आज देशभरि आम हड्ताल गर्ने घोषणा गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।