गृहमन्त्रीको निर्देशन-‘भोलि उपत्यकामा ओली पक्षको ठूलो संख्यामा मान्छे भित्रिँदै छन्, वातावरण बनाउनुस्’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले माघ २३ गते (बिहीबार) काठमाडौंमा गर्न लागेको शक्ति प्रर्दशनमा उपत्यका बाहिरबाट जसरी पनि मान्छे आउने वातावरण बनाउन गृह मन्त्रालयले सुरक्षा निकायलाई निर्देशन दिएको छ। 

नेकपाकै पुष्पकमल दाहाल (प्रचण्ड)-माधवकुमार नेपाल पक्षले बिहीबार आमहड्तालको घोषणा गरेलगत्तै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुरक्षा निकायलाई यस्तो निर्देशन दिएका हुन्। 

मन्त्री बादलले सुरक्षा निकायलाई आफ्नै कार्यकक्षमा बोलाएर दिएको निर्देशन   स्रोतले नेपाल  भन्यो, ‘भोलि उपत्यकामा ठूलो संख्यामा मान्छे भित्रिँदै छन्। उनीहरूलाई जसरी पनि सहज रूपमा काठमाडौं आउने वातावरण बनाउनुस्।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।