अख्तियारका कार्यवाहक प्रमुख आयुक्तले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निवर्तमान कार्यबाहक प्रमुख आयुक्त गणेशराज जोशीले पदबाट राजीनामा दिएका छन् । 

अख्तियारको प्रमुख आयुक्तमा प्रेमकुमार राई नियुक्त भएपछि जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाएका हुन् । 

गत भदौमा नवीन घिमिरेले प्रमुख आयुक्तबाट अवकाश पाएपछि जोशीले कार्यबाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै आएका थिए । 

पूर्व सचिव जोशीले जर्मनीबाट विद्यावारिधि गरेका छन् । 

निजामती सेवामा रहँदा उनी निष्कलंक छवी भएका प्रशासकका रूपमा चिनिन्थे ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।