प्रचण्ड-नेपाल समूह बिहीबार देशव्यापी हड्ताल घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी  (नेकपा)  को पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले बिहीबार देशव्यापी आमहड्ताल गर्ने निर्णय गरेको छ। 

प्रतिनिधि सभा विघटन विरुद्ध र  संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेको विरोधमा आमहड्तालको घोषणा गरेका हुन् ।  पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आम हड्ताल घोषणा गर्ने निर्णय भएको प्रचण्ड–नेपाल समूहका संघर्ष समितिका एक नेताले जनाकारी दिए । 

२ बजे पार्टी कार्यालय पेरिस डाँडामा आकस्मिक रुपमा पत्रकार सम्मेलन आयोजना गरिएको छ, त्यहाँ  विस्तृत जानकारी दिइनेछ उनले भने ।’ 

आमहड्तालमा यातायात, बजार, उद्योग, कार्यालय सबै बन्द रहने भएकाले यो नेपाल बन्दजस्तै विरोध प्रदर्शन हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।