प्रधानमन्त्री ओलीको कार्यक्रमका लागि मन्त्रीको चन्दा आतंक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रमका लागि मन्त्रीले नै चन्दा मागेका छन् ।

सिराहा सदरमुकाममा सोमबार हुन गइरहेको स्व. हेमनारायण यादवको १७ औं स्मृति सभामा सहभागी हुन प्रधानमन्त्री ओली आउँदैछन् । उक्त कार्यक्रमका लागि कानुनमन्त्री लिलानाथ श्रेष्ठले सरकारी कार्यालयसँग चन्दा मागेका छन् ।

मन्त्री श्रेष्ठ नेकपाका सिराहा इन्चार्ज हुन् । उनकै हस्ताक्षरमा सरकारी कार्यालयमा आर्थिक सहयोग माग्दै पत्राचार गरिएको छ ।

स्व. हेमनारायण यादवको १७ औं स्मृति दिवसका लागि मन्त्री श्रेष्ठले विभिन्न कार्यालयमा पत्र मार्फत आर्थिक सहयोग माग गरेका छन् । 

कार्यालयहरुमा पठाइएको पत्रमा रकम उल्लेख नगरिएपनि मन्त्री श्रेष्ठले रु. ५० हजारसम्म उपलब्ध गराउन दबाब दिएको एक कार्यालय प्रमुखले बताएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।