प्रतितोला ७ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको छ । मंगलबार ९२ हजार ८०० मा कारोबार भएको सुनको मूल्य आज ९२ हजार १०० तोकिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि घटेको छ। मंगलबार तेजाबी सुन तोलाको ९२ हजार ३०० मा कारोबार भएको थियो आज ९१ हजार ६०० रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ बढेर एक हजार २५० मा कारोबार भइरहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।