श्रममन्त्री विवादमा तानिए, अवैध काम गर्ने म्यानपावर कम्पनीलाई ‘क्लिन चिट’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कतारी प्रहरी सेवामा श्रमिक पठाउन अवैध अन्तरवार्ता लिने एसओएस म्यानपावर सर्भिसमाथि गरिएको कारबाही श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले फुकुवा गरेका छन् । 

वैदेशिक रोजगार विभागबाट म्यानपावर कम्पनीलाई निलम्बनमा राखी छानबिन भइरहेकै बेला चौधरीले शुक्रबार कारबाही फुकुवा गरेका हुन् । 

कारबाही फुकुवा गर्नेबारे मन्त्रीले लेखेको पत्र सोमबार विभाग पुगेको छ । गत मंसिर ८ गते एसओएसले अवैध अन्तरवार्ता लिइरहेको अवस्थामा टोलीले छापा मारी कारबाही  गरेको थियो । एसओएस नेपालबाट सबैभन्दा धेरै कामदार विदेश पठाउने म्यानपावरमा पर्छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।