नेकपा नेपाल–दाहाल पक्षद्वारा १५ दिने आन्दोलन सार्वजनिक,यस्ता छन् नयाँ कार्यक्रम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड(नेपाल पक्षले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।

सोमबार पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रचण्ड(नेपाल पक्षले माघ १३ देखि २८ गतेसम्म विरोध कार्यक्रम सार्वजनिक गरेका छन्।

जसअनुसार माघ १३ गते सिठ्ठी जुलुस, माघ १४ देखि २१ गतेसम्म माइतीघर मण्डलमा धर्ना, माघ १६ गते शान्तिबाटिकामा भेला भएर लैनचौरसम्म प्रदर्शन गर्ने तयारी छ ।

त्यस्तै देशका विभिन्न सहरमा विरोध कार्यक्रम गर्न लागेको छ। जसमा १५ गते बुटवलमा, १६ गते विराटनगर र १७ गते धनगढीमा कार्यक्रम गर्न र उक्त कार्यक्रमलाई अध्यक्षद्वयलगायतले सम्बोधन गर्ने, यस्तै माघ २२ गते काठमाडौंमा युवाहरूको वृहत र्‍याली गर्ने, २६ गते मसाल जुलुस गर्ने र माघ २८ मा काठमाडौंमा विरोध सभा गर्ने घोषणा गरिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।