प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री अ‍ोलीलाई पार्टीको साधारण सदस्यताबाट हटायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेकपा प्रचण्ड–माधव समूहले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट पनि निष्कासित गरेको छ। 

समूहको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओलीलाई साधारण सदस्य समेत नरहने गरि हटाएको हो। यसअघि समूहले अध्यक्षबाट ओलीलाई कारवाही गरेको थियो। 

माघ ५ गते प्रचण्ड–माधव पक्षले ओलीलाई स्पष्टीकरण सोध्ने निर्णयको पत्र बालुवाटारमा बुझाएको थियो। पुस ५ मा प्रतिनिधि सभा विघटन भएपछि विभाजित बनेको नेकपाका दुई समूहले एक अर्काप्रति कारबाहीको शृंखला चलाएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।