सुनको मूल्य घट्यो, चाँदी स्थिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ, तेजावी ९२ हजार १ सय रुपैयाँ र चाँदी १ हजार २६० रुपैयाँ तोकिएको छ।

शुक्रबार छापावाला सुन तोलाको ९२ हजार ९ सय रुपैयाँ, तेजावी ९२ हजार ४ सय रुपैयाँ र चाँदी तोलाको १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदीको मूल्य स्थिर रहेको महासंघले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।