सुन आयातमा कोटा हटाउन नेपाल सुनचाँदी ब्यवसायी महासंघको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुनचाँदी ब्यवसायीले सुन आयातमा रहेको कोटा प्रणाली खारेज गर्न माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) का अध्यक्ष शेखर गोल्छासँग भेट गरी नेपाल सुनचाँदी ब्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीको टोलीले शुक्रबार यस्तो माग पूरा गराउन सहयोगका लागि आग्रह गरेको हो । 

महासंघका अध्यक्ष गोल्छासँग सुनचाँदी ब्यवसायी संघका अध्यक्ष माणिकरत्न शाक्यले निर्वाध रुपमा ब्यवसाय सञ्चालन गर्ने वातावरण बनाउनु पर्ने, निर्यात प्रवद्र्धन गर्न आवश्यक नीतिगत ब्यवस्था गर्नुपर्ने, स्वदेशमा नै सुनचाँदी तालिम केन्द्र सञ्चालन गरिनुपर्ने तथा कच्चा सुन प्रशोधन केन्द्रसमेत स्थापना गर्नुपर्ने माग लिएर सरकारसँग जान आग्रह गरेका छन् । 

उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छाले खुल्ला बजारमा कोटा प्रणाली ठीक नभएको भन्दै सुनचाँदी ब्यवसायीको आग्रह अनुसार त्यसलाई खारेज गर्न मासंघले पहल गर्ने प्रतिबद्धता जनाए । आयातित सुन पुनः विदेश नजाओस् भनेर सीमा नाका जोडिएका मुलुकमा भन्दा बढी भन्सार दर कायम गर्नै सकीने ब्यवसायीको सुझाव छ । 

पछिल्लो समय नेपालमा विभिन्न बाणिज्य बैंकमार्फत दैनिक १० किलो सुन आयात हुँदै आएको छ । केही स्यमअघिसम्म दैनिक २० किलो आयात हुँदै आएकोमा कोरोना महामारीपछि सरकारले यसलाई दैनिक १० किलोमा सिमित गरेको हो । देशभर दैनिक सरदर ३० देखि ४० किलोसम्म सुनको माग हुने गरेको विभिन्न अध्ययनबाट देखिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।