काठमाडौं । कृषि विकास बैक लिमिटेडले विभिन्न पदमा ३२६ जनाका लागि दरखास्त आव्हान गरेको छ ।
बैंकले वरिष्ठ शाखा प्रमुखदेखि लेखापालसम्मका पदमा दरखास्त मागेको छ। वरिष्ठ शाखा प्रमुख ३ जना , वरिष्ठ लेखा अधिकृत १७ जना र वरिष्ठ इन्जिनियर(आइटी) ८ जना, व्यवसाय सहायक ११९ जना एमआईएस अधिकृत ४ , सिभिल इन्जिनियर ३ जना एवं लेखापाल गरी ३२६ कर्मचारीको माग गरेको छ ।
इच्छुक तथा योग्य आवेदकहरुलाई बैंकले माघ ९ गतेदेखि २९ गतेसम्म अनलाइन मार्फत दरखास्त दिन आह्वान गरेको छ। त्यस्तै दोब्बर दस्तुर तिरेर माघ ३० देखि फागुन ६ गतेसम्म आवेदन दिन सकिने छ ।
Comment