यामाहा मोटरसाइकल र स्कुटरको मूल्य बढ्यो, कुनमा कति ? ( सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यमाहा मोटरसाइकल विक्रेता कम्पनी एमएडब्ल्यु इनटरप्राइजेजले स्कुटर तथा मोटरसाइकलको मूल्य बढेको जनाएको छ । 

कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्यअनुसार गत आर्थिक वर्षको भन्दा ६ देखि ८ हजार रुपैयाँले स्कुटर तथा मोटरसाइकलको मूल्य बढेको छ । 

कम्पनीले सबैभन्दा धेरै एमटी १५ र आर १५ भी ३ को मूल्यमा ८ हजार रुपैयाँले वृद्धि गरेको छ । त्यसैगरी एफजेडएस भी ३ को मूल्यमा ६ हजार रुपैयाँले वृद्धि गरेको छ ।

त्यस्तै, कम्पनीले यामाहा रे जेडआर १२५ एफआई स्कुटरको मूल्यसमेत बढाएको छ । कम्पनीले रे जेडआर १२५ एफआई स्ट्रिट र्‍यालीमा ७ हजार र रे जेडआर १२५ एफआइईको मूल्यमा ५ हजार रुपैयाँले बढाएको छ । फ्यासिनो १२५, सलुटो, एस जेड आरआर, एफ जेड एस भी २, भी ३, एमटी १५ एफजेडएस २५ लगायत अन्य मोडलको समेत मूल्य वृद्धि गरिएको छ ।

कम्पनीले एक्सटीजेड १२५, एनम्याक्स १५५ र फेजर २५ को मूल्य भने यथावत् राखेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।