बुधबार काठमाडौंको यी स्थानमा ७ घण्टा बत्ती जाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द गर्ने भएको छ ।

प्राधिकरणका अनुसार काठमाडौंको महाराजगञ्ज वितरण केन्द्रको बूढानीलकण्ठ सवस्टेशनबाट विद्युत आपूर्ति हुने स्थानमा विद्युत ७ घण्टा विद्युत आपुर्ति बन्द हुन लागेको हो ।

आवश्यक मर्मतका लागि भन्दै प्राधिकरणले बिहान १० बजेदेखि ५ बजेसम्म ७ घण्टा विद्युत आपुर्ति बन्द गर्न लागेको जनाएको छ ।

चुनिखेल फिडर अन्तर्गत वितरण गरिएको भंगाल, गाम्चा, सापाटार, टुपेक, वडा कार्यालय ११, कौडोल, सुन्दरबस्ति, बासबारीमा विद्युत आपुर्ति बन्द हुनेछ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।