मन्त्रीबाट हटाइएका दुगड प्रधानमन्त्रीका सल्लाहकार नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उद्योगी मोतीलाल दुगड प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् ।

पूर्वराज्यमन्त्रीसमेत रहेका उद्योगी दुगड पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको ठाउँमा विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएका हुन् ।

उनलाई गत पुस २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

खतिवडा अमेरिकाका लागि राजदूत भएपछि विशेष आर्थिक सल्लाहकार पद रिक्त रहेको थियो । उनले मन्त्रीसरहको सेवा सुविधा पाउनेछन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।