हिउँदमा केटू हिमाल चढेर नेपाली टोलीले रच्यो इतिहास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली आरोहीहरुको टोलीले शनिबार पाकिस्तानस्थित केटू हिमाल चढेर नयाँ इतिहास रचेका छन्।

हिउँदको मौसममा अहिलेसम्म कसैले चढ्न नसकेको केटू हिमाल चढेर नेपालका मिङ्मा ग्याल्जे शेर्पासहितको टोलीले  हिमाल आरोहणका क्षेत्रमा नयाँ रेकर्ड कायम गरेको हो।

८ हजार मिटरभन्दा बढि उचाइ भएका संसारका १४ हिमालमध्ये अरु सबै १३ हिमाल हिउँदमा चढिएको भए पनि यो हिमाल भने हिउँदमा कसैले पनि आरोहण गर्न सकेको थिएन।

मिङमासँगै निर्मल पुर्जा पुन मगर, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलु पेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाले पाकिस्तानी समयअनुसार शनिबार साँझ ५ बजे उक्त हिमाल आरोहण गरेका हुन्।

केटू हिमालको उचाइँ ८ हजार ६११ मिटर रहेको छ। दश आरोहीमध्ये मिङ्मा ग्याल्जे शेर्पाले अक्सिजनबिना नै आरोहण गरे। पर्वतारोही टोली मंगलबार बेसक्याम्पबाट शिखरतर्फ लागेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।