सुनको भाउ आज तोलामा रु. ८०० ले घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाललि बजारमा सुनचाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला १०० रूपैयाँले बढेको सुनको भाउ आज तोलामा ८०० रूपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १०० रूपैयाँ कायम भएको बताएको छ। बुधबार  बजारमा छापावाल सुन प्रतितोला ९२ हजार ९०० रूपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ६०० रूपैयाँ तोकिएको महासंघले जानकारी गराएको छ। सुनको मूल्य प्रतितोला ८०० रूपैयाँले ओरालो लागेको दिन आज चाँदीको मूल्य पनि घटेको छ।

आज प्रतितोला १५ रूपैयाँले घट्दै चाँदीको भाउ एक हजार २४५ रूपैयाँमा कारोबार भइरहेको जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।