नेपालमा थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, । नेपालमा बुधबार थप ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। चार हजार १५४ जनामा गरिएको परीक्षणमा ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो। 

योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार १४३ जना पुगेको छ। 

साथै गत २४ घण्टामा ४१४ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ५९ हजार ७७२ पुगेको छ। 

मन्त्रालयका अनुसार कोरोनामुक्त हुने दर नेपालमा ९७.६ प्रतिशत रहेको छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।