सुनको भाउ बढयो, कतिमा हुदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको भाउ उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १०० र चाँदीको भाउ प्रतितोला १० रूपैयाँले बढेको हो।

स्थानीय बजारमा मंगलबार छापावल सुनको कारोबार प्रतितोला ९२ हजार ८०० रूपैयाँमा भएको थियो। जसमा आज १०० रूपैयाँले बढेर प्रतितोला ९२ हजार ९०० पुगेको छ।

यसैगरी, आज तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ४०० रूपैयाँ तोकिएको छ। सुनको मूल्य बढेको दिन आज चाँदीको भाउ पनि बढेको छ।

मंगलबार तोलामा एक हजार २५० रूपैयाँमा किनबेच भएको चाँदीको मूल्य आज प्रतितोला एक हजार २६० रूपैयाँ पुगेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।