थप ४८८ जनामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा सोमबार थप ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

तीन हजार ३०९ जनामा गरिएको परीक्षणमा देशभर गत २४ घण्टामा ४८८ जनामा संक्रमण पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ।

त्यस्तै, सोमबार ५२७ जना कोरोनामुक्त भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसहित नेपालमा कोरोनामmु हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ।

त्यस्तै, देशभर ४ हजार ३ सय ७३ जना सक्रिय संक्रमित रहेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।