शनिबार बैंक खुला राख्न राष्ट्र बैंकको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई भोलि शनिबार (२५ गते) बैंक खुला राख्न निर्देशन दिएको छ ।

नेपाल राष्ट्र बैंकले शनिवार राजश्वको कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन गर्ने सम्पूर्ण काउन्टर र शाखा खोल्न निर्देशन दिएको हो।

त्यस्तै चेक क्लियरिङ गर्ने नेपाल क्लियरिङ हाउसलाई पनि  शनिवार समेत खुला राख्न राष्ट्र बैंकले भनेको छ । 

राष्ट्र बैंकले त्यस दिन नेपाल सरकारको राजस्व संकलन गर्ने प्रयोजनको  लागि आरटिजिएस प्रणाली समेत संचालन हुने जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।