नुवाकोट । नेपाल एकीकरणका बेला पृथ्वीनारायण शाह र गोरखाली फौज हिँडेको बाटो हुँदै नेपाली सेनाले शुरु गरेको ‘एकीकरण पदयात्रा’बिहीबार नुवाकोट आइपुगेको छ ।
गोरखा,धादिङ हुँदै पदयात्राको लागि नेपाली सेनाको टोली आज नुवाकोट आइपुगेको हो । गोरखाबाट धादिङको आरुघाट, भ¥याङभुरुङ हुँदै आएको सेनाको टोलीले एकीकरण निशान र झण्डा ल्याएको थियो ।
उनीहरुलाई स्थानिय जनप्रतिनिधि र नुवाकोटको स्थानिय क्षेत्रमा रहेका सैनिकले स्वागत गरेका थिए ।
उनीहरुलाई स्वागत गरि नुवाकोटको जवरजंग गणले निशान र झण्डा बुझेको थियो । एकीकरण अभियानमा सहसेनानी सरोज खड्काको नेतृत्वमा ४० जना सैनिक टुकुडि सहभागि भएका थिए । एकीकरण अभियानलाई स्वागत गर्न नेपाल भुतपुर्व सैनिक संघ नुवाकोटका पदाधिकारी र भुपु सैनिक सहकारी संघ नुवाकोटका पदाधिकारी समेत विदुर नगरपालिका वडा नम्ब १३ कागुनेमा पुगेको थियो ।
एकीकरण अभियानमा आएका सैनिकहरुलाई नेपाल भुतपुर्व सैनिक संघ नुवाकोटका पदाधिकारी र भुपु सैनिक सहकारी संघ नुवाकोटका पदाधिकारीको टोलीले खाजा र नास्ताको व्यवस्था गरेको भुतपुर्व सैनिक संघ नुवाकोटका सचिव राजकुमार आचार्यले जानकारी दिए ।
कार्यक्रममा भुतपुर्व सैनिक संघ नुवाकोटका अध्यक्ष गगनसिंह गुरुङसहितका पदाधिकारीको उपस्थिति रहेको थियो ।
Comment