न्युज २४ टेलिभिजनबाट बाहिरिए रवि लामिछाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । चर्चित सञ्चारकर्मी तथा चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’का प्रस्तोता रवि लामिछानेले न्युज २४ टेलिभिजनबाट राजिनामा दिएका छन् ।  

पाँच वर्षपछि न्युज २४ टेलिभिजनबाट बाहिरिएको लामिछानेले पुष्टि गरेका छन् । आफूले टेलिभिजन छाडेकोबारे उनले न्युज टिमलाई पनि जानकारी गराइसकेका छन् । 

उनी चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’का प्रस्तोता हुन् । चार वर्षदेखि लामिछानेले चलाउँदै आएको सिधा कुरा जनतासँगको ६ सय ३५औँ एपिसोड बिहीबार प्रसारण हुँदैछ । उक्त कार्यक्रम न्युन २४ बाट अब केही भाग प्रसारण हुने छ । ‘उहाँले पाँच महिनाअघि नै राजीनामा दिनुभएको थियो ।

स्वीकृतचाहिँ भएको छैन’, सिधा कुरा जनतासँग निर्माण टोलीका एक सदस्यले भने, ‘नयाँ योजनामा केन्द्रित हुनुपर्ने समय आएकाले उहाँ (रवी लामिछाने) ले टिभी छाड्नुभएको छ ।’ 

ती सदस्यका अनुसार सिधा कुरा जनतासँग अब दुई/तीन एपिसोड प्रसारण हुने छ । लामिछाने नयाँ टिभी खोल्ने योजनामा रहेको ती सदस्यले बताए । कुन टिभी, कुन कार्यक्रम भन्नेबारे चाँडै जानकारी गराउने उनले बताए । नागरिक सरोकारका विषयमा खरो प्रस्तुतिका कारण जनमानसमा उनी निकै रुचाइएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।