अन्तर बैंक एटिएम कारोबार गर्दा शुल्क लाग्ने, महिनामा दुईवटा कारोबार निशुल्क

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अन्तर बैंक एटिएम कारोबार गर्दा शुल्क लाग्ने भएको छ । 

नेपाल राष्ट्र बैंकले लकडाउनपछि निशुल्क गरेको अन्तरबैंक एटिएम कारोबारमा माघ १ गतेदेखि भने प्रतिकारोबार २० रुपैयाँसम्म बैकहरूले शुल्क लिन पाउने व्यवस्था गरेको हो । 

केन्द्रिय बैंकले भुक्तानी प्रणाली सम्बन्धि एकिकृत निर्देशन २०७७ मा संशोधन गरी यस्तो व्यवस्था गरेको हो। 

नयाँ व्यवस्था अनुसार महिनामा दुई वटा अन्तरबैंक एटिएम कारोबारको शुल्क नलाग्ने भए पनि सो भन्दा बढीको कारोबारमा भने शुल्क लिन पाउनेछन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।