३० लाख हिनामिना गरेको भन्दै केपी समूहले गर्‍यो भीम रावललाई कारवाहीको सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुदुरपश्चीम प्रदेश कमिटीको चौथो विस्तारित बैठकले भिम रावललाई कारबाही गर्न सिफारिस गरेको छ।

प्रदेश संयोजक लेखराज भट्टको प्रमुख आतिथ्यता र अध्यक्ष कर्णबहादुर थापाको अध्यक्षतामा भएको बैठकले रावललाई कारबाही गर्न सिफारिस गरेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जनाएका छन्। 

सल्लाहकार थापाकाअनुसार पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामिना गरेकोमा भीम रावल (पिएचडी) लाई कारबाही गर्न सिफारिश  गरिएको हो। 

त्यस्तै बैठकले प्रदेश कमिटी विस्तार गरी ५५१ सदस्यीय बनाएको छ । बैठकले पुस २४ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख वक्ताका रूपमा राजधानी बाहिर पहिलोपटक धनगढीमा हुने जनसभालाई संबोधन गर्ने भएकाले उक्त कार्यक्रमलाई शानदार रूपमा सफल पार्न योजनाबद्द ढंगले जनपरिचालनमा  जुट्ने निर्णय गरेको थापाले जानकारी दिए। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।