‘प्रलोभनमा परेर मेनपावरलाई सुरुमै पासपोर्ट नबुझाउनु’ -रोजगार विभाग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाल वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जान लागेका नागरिकलाई सुरुमै पासपोर्ट नबुझाउन आग्रह गरेको छ ।

विभागले बुधबार सूचना निकाल्दै सम्बन्धित संस्था तथा व्यक्तिहरुलाई अन्तरवार्तामा छनौट हुनुभन्दा अगाडि नै आफ्नो पासपोर्ट इजाजतपत्रवाला संस्था (मेनपावर) लाई नबुझाउन आग्रह गरेको हो ।

वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउने उद्देश्यको साथ यस्तो निर्णय गरेको सूचनामा जनाईएको छ । साथै अन्तरवर्तामा छनोट भएका कामदारले आफु जना लागेको कामको लागि तिर्नु पर्ने रकम इजाजत प्राप्त सम्बन्धित संस्थाको बैक खातामा हालिदिन पनि अनुरोध गरेको छ ।

साथै भौचर सुरक्षित राख्नको साथै रोजगारीमा जाने व्यक्ति र पठाउने संस्था दुबैलाई वैधानिक रुपमा कार्य गर्न तथा गराउन अनुरोध गरेको छ।

विभागले कोहि कसैको प्रलोभनमा नपर्न आग्रह गर्दै अनलाइन पुनःश्रम स्वीकृतिको लागि सेवाग्राही आफैँले आवेदन गरी श्रम स्वीकृति प्राप्त गर्न सक्ने व्यवस्था भएको जानकारी समेत गराएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।