काठमाडौं । नेपाल प्रहरीका ६९ जना डीएसपीको सरुवा भएको छ । प्रहरी महानिरीक्षकको पुस २१ गतेको निर्णयानुसार उनीहरुको सरुवा भएको हो ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले यो महीनाको तलब, भत्तासमेत सरुवा भएको दरबन्दीबाट पाउने गरी आज ६९ डीएसपीहरूको सरुवा गरेका हुन्।
सरुवाको सूचीअनुसार अर्जुन रानाभात प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयमा सरुवा भएका छन् । यसैगरी कबित कटुवाल जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा सरुवा भएका छन् । कुलदीप चन्द रानीपोखरी, भेषराज रिजाल जिल्ला प्रहरी कार्यालय दोलखामा सरुवा भएका छन् ।
हेर्नुहोस् सूची
Comment