प्रदेश १ का मुख्यमन्त्री राईलाई संसदीय दलको नेताबाट हटाइयो, भीम आचार्य चयन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा प्रचण्ड–माधव नेपाल समूहले प्रदेश १ को नेकपा संसदीय दलको नेता चयन गरेको छ । 

बिहीबार प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री शेरधन राईलाई हटाउँदै संसदीय दलको नेतामा भीम आचार्यलाई चयन गरेको हो ।

प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको थियो । राईलाई हटाएर उक्त समूहले आचार्यलाई मुख्यमन्त्री बनाउने प्रस्ताव लगेको थियो । 

संसदीय दलको बैठकले राईलाई दलको नेताबाट हटाएर आचार्यलाई चयन गरेको हो । सत्तारुढ नेकपा विभाजित भएपछि अहिले बिभिन्न प्रदेशमा त्यहाँका मुख्यमन्त्रीहरुविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने र संसदीय दलबाट हटाउने अभियान सुरु भएको छ।

यसअघि नेकपा सांसदहरुले नै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलका विरुद्ध पनि अविश्वास प्रस्ताव दर्ता गराएका छन्।

प्रदेश ३ का बहुमत नेकपा सांसदले उनलाई संसदीय दलबाट हटाई नेकपाकै स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता चयन गरेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।