संसद विघटनविरुद्ध जसपाले जनप्रदर्शन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले गत पौष ५ गते प्रतिनिधि सभा विघटन गरेको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले जनप्रदर्शन तथा विरोध कार्यक्रमहरू गर्ने भएको छ। 

जसपाले सोमबार एक विज्ञप्ति जारी गर्दै आगामी पौष २१ गतेदेखि काठमाडौामा नागरिक समाज, बौद्धिक वर्गसँग बृहत् अन्तरक्रिया गर्ने तथा पौष २५ गतेदेखि माघ ७ गतेसम्म देशभर विभिन्न स्थानमा प्रदर्शन गर्ने जनाएको छ। 

पौष २५ गते विराटनगर, धनगढी र भैरहवामा प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रमसहित सुरु हुने विरोध कार्यक्रम माघ ७ मा प्रमुख सहरहरू तथा जिल्ला सदरमुकाममा गरिने विज्ञप्तिमा उल्लेख छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।