नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पायाेेे हालसम्मकै सबैभन्दा धेरै आइपिओ निष्काशनकाे अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले प्राथमिक सेयर(आईपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । बोर्डले बैंकलाई हालसम्मकै ठूलो आइपिओ निष्काशन गर्न अनुमति दिएको हो ।

बैंकले कुल ८ करोड कित्ता सेयर निश्कासन गर्ने छ। बैंकले अंकित मूल्य १ सयका दरले ८ अर्ब रुपैयाँको सेयर निश्कासन गर्न लागेको हो।

धितोपत्र बोर्डले अनुमति दिइसकेकाले अबको दुई महिनाभित्र कम्पनीले आइपिओ निश्कासन गर्नेछ।

बैंकले जारी गर्ने ८ करोड कित्ता आइपिओ अहिलेसम्मकै धेरै परिणामको हो। आइपिओ भर्ने सबैलाई यो कम्पनीको सेयर बाँडफाँड गर्न पुग्नेछ।

आइपिओ निश्कासनका लागि एनआइबिएल एस क्यापिटल बिक्री प्रवन्धकका रुपमा छनौट भएको छ।

कम्पनीले जारी पुँजी अन्तर्गत सर्वसाधारण समूहको लागि छुट्याइएको ४० प्रतिशत (कर्मचारीलाई छुट्याएको ०.२ प्रतिशत समेत) ले हुने ८ अर्ब रुपैयाँको ८ करोड कित्ता सेयर निष्काशन गर्ने भएकाे हाे । आइपिओ निश्कासनपछि बैंकको चुक्ता पुँजी २० अर्ब हुनेछ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार यस बैंकको जगेडा कोषमा १ अर्ब ८१ करोड ४७ लाख ६ हजार रुपैयाँ सञ्चित रहेको छ । यो अवधिमा बैंकको नाफा १८ करोड १ लाख १३ हजार रुपैयाँ छ ।

कम्पनीको कुल सम्पत्ति १४ अर्ब २३ करोड ४ लाख ४६ हजार रुपैयाँ छ । प्रतिशेयर आम्दानी पहिलो त्रैमाससम्म ६ रुपैयाँ रहेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।